१० भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा युवा पर्यटन व्यवसायी सुनिल सिलवालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । विगत बाह्र वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय सिलवाल एड्भेञ्चर अल नेपाल ट्रेक्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन ।
“लामो समयदेखि आर्थिक संकटमा फस्दै आएको टानलाई आर्थिक रुपमा सबल वनाउँदै टानमा आर्थिक अनुशासन र पारदर्शिता कायम गर्नु नै मेरो मुख्य एजेण्डा हो”–कोषाध्यक्ष पदका आकांक्षी सिलवालले अर्थ र व्यापार संग भने ।
पर्यटन क्षेत्रका अग्रज तथा युवा पर्यटन व्यवसायीहरुले टानको कोषाध्यक्ष पदमा जान दिनुभएको सुझावलाई मध्येनजर गरेर आँफुले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको सिलवालले वताए ।
तपाईको प्रतिक्रिया