१७ आषाढ/अर्थ र व्यापार– बर्दिया प्रहरीले सुनमा मिसावट गरेको अभियोगमा यहाँका ११ जना सुन व्यवसायी पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरु पक्राउ परेको प्रहरीले बताएका छन् ।
पक्राउ परेका व्यवसायीहरुलाई हिरासतमा राखिएको छ । मिसावटबारे थप अुनसन्धानपछि कालोबजारीको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले ११ सुन व्यवसायी पक्राउ परेको पुष्टि गरेपनि व्यवसायीहरुको नाम भने खुलाइएको छैन ।
तपाईको प्रतिक्रिया