logo

स्कुल सुनसान गरेर विद्यार्थीहरु यार्चातिर

    2079   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार-बहुमूल्य जडिबुटी यार्चागुम्बु टिप्न जिल्लाको पूर्वी करान भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थी पाटनतर्फ हिँडेपछि स्कुल सुनसान बनेको छ । मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, माग्री, रोवा, रुगालगायत गाउँबस्तीमा रहेका विद्यालय पढ्ने कक्षा ५ देखि १० सम्मका छात्रछात्रा सातु सामल बोकेर यार्चा संकलन गर्न पाटनतर्फ उक्लिएका छन् ।

यार्चा संकलन गर्न विद्यार्थीहरु उच्च हिमाली क्षेत्र पाटनतर्फ लागेपछि बुद्ध मावि माग्री र प्रभात उमावि रोवासहित अन्य २७ वटा सामुदायिक विद्यालयहरुको पठनपाठन कार्य प्रभावित बनेको छ । पढाई खर्च जुटाउने भन्दै विद्यार्थीहरु स्कुलको पढाई छोडेर हरेक वर्ष यार्चागुम्बु टिप्न पाटन क्षेत्रमा जाने गरेकोले असार अन्तिम साता पाटनबाट विद्यार्थी फर्के पछि पढाई सुचारु हुने गरेको छ ।
 कम्तीमा ४० देखि ५० हजार पैसा लिएर पाटन उक्लिएका विद्यार्र्र्थीहरु घर आउने गरेका छन् । मुगुको पाटन क्षेत्रमा पाइने यार्चा विद्यार्थीदेखि सर्वसाधारणको आम्दानीको स्रोत बनेको छ । प्रतिवर्ष यार्चा टिप्न समयमा स्कुल खाली हुने भएकोले गतवर्षदेखि एक महिनासम्म विद्यालयमा बिदा दिने निर्णय गरिएको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।