logo

दक्षिण कोरियामा ‘स्वेच्छिक घर फिर्ती तथा समसामयिक अन्तरक्रिया’ कार्यक्रम आयोजना हुदैं

    1174   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - नेपाली दूतावासले दक्षिण कोरियाको सिओलस्थित त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्यामाथि छलफल गर्न आउँदो चैत ३ गते ‘स्वेच्छिक घर फिर्ती तथा समसामयिक अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्ने भएको छ । 

स्थानीय फ्यङ्गथेक माइग्रेन्ट सेन्टरको हलमा हुने कार्यक्रममा स्वेच्छिक घर फिर्ती, श्रमिकका समस्या तथा गुनासा र दूतावासले प्रदान गर्ने कन्सुलर सेवाका साथै समसामयिक विषयमा छलफल गरिने दूतावासले जनाएको छ । दूतावासले यसअघि त्यहाँ रहेका नेपाली कामदारको स्वेच्छिक घरफिर्ती, स्वास्थ्य परामर्श, कन्सुलर सेवा, श्रमसम्बन्धी समस्या तथा गुनासाका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गर्दै आएको छ । 

यस प्रकारका समस्या न्यूनीकरण गर्न छलफल तथा सुझाव लिने, कार्य अवधि समाप्तिसँगै स्वेच्छिक रुपमा स्वदेश फिर्ताका लागि उत्प्रेरित गर्ने, स्वदेश फर्किएका नेपाली कामदारलाई नेपाल सरकारले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबारे जानकारी दिने तथा कामदारको गुनासालाई यथासम्भव कार्यस्थलमै गई सुनुवाइ गर्दै आएको दूतावासले जनाएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरिया गएका कामदारलगायत अन्य इच्छुक नेपालीलाई कार्यक्रममा सहभागिताका लागि दूतावासले अनुरोध गरेको छ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।