२१ आषाढ/अर्थ र व्यापार– नेपाल आयरल्याण्ड सोसाइटीको अग्रसरता र साउथ डब्लिन काउन्टी काउन्सीलद्धारा आयोजित साउथ डब्लिन फूड फेष्टिभल रातीफनहम क्यासल पार्क डब्लिनमा सम्पन्न भएको छ ।
८ अजार भन्दा बढी स्थानियले सहभागिता जनाएको उक्त फूड फेष्टिभल डब्लिनमा अत्याधिक मात्रामा सहभागी हुने कार्यक्रम मध्ये एक भएको छ ।
धेरै देशहरूको स्टल बीच नेपाली हस्तशिल्पका स्टल जस्तै पास्मिना शल, हेण्डमेड व्याग जस्ता परम्परागत सामाग्रीहरु फेष्टिभलमा प्रमुख आकर्षण केन्द« बनेको थियो ।
नेपाल पर्यटन बोर्डले नेपाली खानेकुरा र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले राखिएको स्टलमा आलु साँधेको, राजमा, भेडाको छोएला जस्ता नपाली खानेकुराहरुलाई अवलोकनकर्ताहरुले निकै रुचाईएको थियो । साथै फेष्टिभलमा आएका अवलोकनकर्ताहरुले नेपाली रंगीन हस्तशिल्पका सामाग्रीहरुको पनि प्रशंशा गरेका छन् ।
फेष्टिभलमा एनआरएन आयरल्याण्डले हजारौ दर्शकहरुको सामु नेपाली सांस्कृतिक नृत्य प्रदर्शन गरेकाृ्े थियो ।
नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दिपेशमान शाक्यले नेपाली खाना, संस्कृतीको तथा हस्तशिल्पको प्रवद्र्धनको लागि फेष्टिभल अत्यन्तै महत्वपुर्ण र सहयोगी भएको बताए । भविष्यमा पनि यस्ता कार्यक्रमहरुमा सहभागी भई नेपालको कला र संस्कृतीको प्रवद्र्धनमा लागिपर्ने बताए ।
तपाईको प्रतिक्रिया