४ फागुन / अर्थ र व्यापार - गायिका–गीतकार, रचनाकार तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरकी रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् ।
माघ २८ गते एक कार्यक्रमका बिच सूर्या लाइफ इन्स्योरेन्स र गायिक इन्दिरा जोशीबीच ब्राण्ड एम्वेसडर सम्बन्धी सम्झौता भएको हो । सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष लगायत कम्पनीका निर्देशकहरुले स्वागत गरेको थियो ।
कम्पनीको सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरे । सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले आफू कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरेको बताईन् ।
तपाईको प्रतिक्रिया