logo

पुननिर्माणलाई गति दिन सिन्धुपाल्चोकका ८ स्थानीय सरकार र पुनर्निर्माण प्राधिकरणबीच समझदारी

    1083   पटक पढिएको

१० पुस /अर्थ र व्यापार  - भूकम्पपछिको पुननिर्माणलाई गति दिन सिन्धुपाल्चोकका ८ स्थानीय सरकार र पुनर्निर्माण प्राधिकरणबीच समझदारी भएको छ । तर, ३ स्थानीय तहले पुरानै नियम राखिएको भन्दै हस्ताक्षर गर्न इन्कार गरेका छन् । स्थानीय सरकारले

पुनर्निर्माणको सबै जिम्मेवारी स्थानीय तहलाई दिन यसअघि आग्रह गरेका थिए । त्यही आग्रहअनुरुप ८ स्थानीय तहबीच समझदारी भएको हो । संघीय ससंदका प्रतिनिधि, प्रदेश ३ का सामाजिक विकास मन्त्री, प्रदेश सासंद र प्राधिकरणका प्रतिनिधिको बैठकपछि प्राधिकरण र यहाँका स्थानीय सरकारबीच १५ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा प्राधिकरणको तर्फबाट जिल्ला आयोजना कार्यन्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका आयोजना प्रमुख जयप्रकाश गुप्ता र स्थानीय तहका प्रमुखहरुले पत्रमा हस्ताक्षर गरेका हुन् । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले हस्ताक्षरसँगै अब पुनर्निर्माणले गति लिने बताए । पुनर्निर्माणलाई सहज बनाउन गाउँ¬गाउँमा प्राधिकरणले खटाएका प्राविधिकहरु स्थानीय सरकारको मातहातमा नआउँदा यसअघि समस्या भएको स्थानीय तहका प्रमुखहरुले गुनासो गर्दै आएका थिए । अब भने प्राधिकरणले प्राविधिक खटाए पनि त्यसैको सबै जिम्मेवारी स्थानीय तहकै हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।