logo

सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

    1403   पटक पढिएको

५ असार / अर्थ र व्यापार -नियमविपरीत सञ्चालित गुह्येश्वरीमा रहेको सिन्धु तातोपानी कोल्ड स्टोरलाई सोमबार सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नियमित अनुगमनअन्तर्गत आज बिहान उक्त स्टोरबाट कुहिएको अवस्थामा नौ किलो मासु नष्ट गर्नुसाथै सिलबन्दी गरिएको हो ।

अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनका क्रममा मासु बिक्री गर्ने स्थानमा नै अन्य खानाहरु पकाएको, दर्ता नवीकरण नभएको, नापतौल प्रमाणीकरण नभएको र अत्यन्तै फोहर पाएपछि अनुगमन टोलीले सिलबन्दी गरी तीनदिनभित्र विभागमा आउन निर्देशन दिएको हो ।

विभागले आज नै जोरपाटी नयाँबस्तीमा रहेको राजेश कोल्ड स्टोर, न्यू हलेसी मिटसप, अपेक्षा मिट सप, कोइच फ्रेस हाउस, न्यू तामाङ मिटसपको पनि अनुगमन गरेको छ । सो क्रममा ती पसलहरु दर्ता प्रमाणीकरण नगरेको, नापतौल प्रमाणीकरण नगरेको र अत्यन्तै फोहर रहेकाले सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।

विभागले गत जेठ २३ गतेदेखि विशेष अनुगमन गरिरहेको छ । विभिन्न छवटा समूह बनाई अनुगमनको निरन्तरता दिइरहेका छन् । खाद्य र खानेपानीमा अनुगमनले सकारात्मक प्रभाव पारेर सुधार आए पनि माछा मासुका क्षेत्रमा मरेको कुखुरा काटेर बेच्ने, किरा परेको मासु बेच्ने कार्यमा अझै न्यूनीकरण हुन नसकेकोे छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।