१ असार / अर्थ र व्यापार- श्री एयरलाइन्सले असार १० गतेदेखि राजविराज विमानस्थलमा नियमित उडान गर्ने भएको छ । कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार राजविराजमा साप्ताहिक पाँच वटा उडान हुनेछ ।
२५ मिनेटको समयाअवधि रहने यो फ्लाइटको सस्तो भाडादर चार हजार रुपैयाँ तोकिएको छ । उनका अनुसार मंगलबार र शनिबार कम यात्रु हुने भएकाले उडान हुने छैन । दिउँसो सवा १ बजे राजविराज उडान हुनेछ । पचास सिट क्षमता रहेको जेट इन्जिनयुक्त सिआर २०० जहाजले काठमाडौंदेखि राजविराज उडान भर्नेछ । राजविराज विमानस्थलबाट पशुपति दर्शन तथा काठमाडौं जाने स्वदेशी तथा भारतीय तिर्थयात्रुलाई समेत सहज हुनेछ ।
तपाईको प्रतिक्रिया