१३ माघ/अर्थ र व्यापार– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले कतार प्रहरीमा गैरकानुनी रुपमा श्रमिक पठाउन अन्तर्वार्ता लिने एसओएस म्यानपावरको कारबाही फुकुवा गरेको छ ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन २०६४ विपरीत भएको भन्दै उक्त म्यानपावरलाई ६ महिनाका लागि कारोबार रोक्का गरेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले ६ महिना नहुदै फुकुवा गरिएको छ ।
स्वीकृतिबिना अन्तर्वार्ता सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा गत मंसिर ८ र ९ गते विभागबाट खटिएको अनुगमनको टोलीले तीन वटा मेनपावरमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।
एसओएस म्यान पावर सर्भिस प्रा.लि., होप इन्टरनेसनल र डिडी ह्युमन रिसोर्स प्रा.लि.मा अनुगमन गर्दा अन्तर्वार्ता गरिरहेको र गरिसकेको अवस्थामा फेला परेको विभागले जनाएको थियो ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विभागीय मन्त्रीको निर्देशनपछि त्यस मेनपावरको निलम्बन फुकुवा गर्न लागिएको बताए ।
तपाईको प्रतिक्रिया