logo

शिव अधिकारी पुनः लायन्स क्लव काठमाडौं होराइजनमा निर्विरोध निर्वा्चित

    1440   पटक पढिएको

१३ असार / अर्थ र व्यापार  – लायन्स क्लव इन्टरनेशनल डिस्टिक ३२५–एटु नेपाल,  लायन्स क्लव अफ काठमाडौं होराइजनको अध्यक्षमा गन्तव्य नेपालका अध्यक्ष,  लायन शिव अधिकारी पुनः निर्विरोध निर्वा्चित हुनुभएको छ । राजधानीमा हिजो सम्पन्न क्लवको पन्ध्रौ कार्यसमिति निर्वाचनले उहाँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको प्रथम उपाध्यक्षमा नेपाल पर्यटक यातायात व्यवसायी संघका सल्लाहकार लायन मनोजकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्षमा रसुवा–नुवाकोट पयृटन समाजका अध्यक्ष लायन बलराम न्यौपाने, सचिवमा पर्यटन व्यवसायी लायन टिका भण्डारी, कोषाध्यक्षमा लायन हरिशरण थपलिया र मेम्बरसिप कमिटि चेयरम्यान रामकुमार थपलिया निर्विरोध निर्वा्चित हुनुभएको छ । 

त्यस्तै सोही निर्वाचनले क्लवको विभिन्न समिति, उपसमितिहरुको संयोजक पनि चयन गरेको छ । नवगठित कार्यसमिति बैठकले संस्थापक अध्यक्ष रामशरण थपलियालाई सल्लाहकारमा मनोनयन पनि  गरेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।