४ असोज / अर्थ र व्यापार – एकान्तकुनामा रहेको यातायात कार्यालयमा राखिएको ब्याट्री जल्दा देशभरका सवारी साधनको कर लगायतका भूक्तानी रोकिएको छ । मंगलबारको सार्वजनिक विदापछि खुलेको यातायात कार्यालयमा सेवाग्राहीको भीड छ । तर एकान्तकुनामा राखिएको ब्याट्री जलेपछि सर्भरमै समस्या भएर सबै काम रोकिएको हो ।
ब्याट्री जलेपछि सर्भरमा समस्या भएर सवारी साधनको कर लगायतका भूक्तानी बुधवार नहुने छ । लाइसेन्सको काम भने रोकिएको छैन् । यातायात कार्यालयमा सर्भर डाउनका कारण सेवाग्राहीले समस्या भोग्दै आएका छन् । शुक्रबार मात्रै सवारीको कर तिर्न सकिनेन गरि मर्मतको काम भइरहेको छ ।
तपाईको प्रतिक्रिया