१ फागुन / अर्थ र व्यापार - हिमालयन बैंकको नयाँ अध्यक्षमा कर्मचारी सञ्चय कोषका तुलसीप्रसाद गौतम चयन भएका छन् ।
बैंकको बुधबार सम्पन्न २७ औं वार्षिक साधारणसभाले गौतमलाई अध्यक्षमा चयन गरेको हो । साधारण सभाले चयन गरेको सञ्चालकहरु मध्येबाट हिजै बसेको सञ्चालक समितिको बैठकले नयाँ अध्यक्षमा गौतमलाई चयन गरेको बैंकले जनाएको छ ।
सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वा्चित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, राणा परिवारका सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सभामा पाँच जनाको मात्रै उम्मेदवारी परेको थियो । नव निर्वा्चित अध्यक्ष गौतमले आजदेखि कार्यभार सम्हाल्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया