logo

पहिलो चौमासमा साढे ६ अर्बको सवारी साधन भित्रियो

    1589   पटक पढिएको

२३ मंसिर/अर्थ र व्यापार– वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिमा साढे ६ अर्ब ५५ करोड रुपियाँ बराबरका सवारी साधन भित्रिएको छ ।

वीरगञ्ज भन्सार अधिकृत रमेश सुकमनीले चालु आवको पहिलो चौमासमा सबै खालका सवारी साधनको आयातमा उल्लेख्य कमी आएको बताए ।

अधिकृत सुकमनीका अनुसार गत वर्षको पहिलो चौमासको तुलनामा यो वर्ष गाडी आयात करीब ४ अर्ब रुपियाँले घटेकोे जानकारी दिए । गत आर्थिक वर्षको पहिलो ४ महीनामा १० अर्ब ४४ करोड रुपियाँ मूल्यबराबरका गाडी भित्रिएको थियो ।

वीरगञ्ज नाकाबाट चालु आवमा १३ प्रकारका सवारी साधन आयात भएकोमा सबै प्रकारको साधनको आयात १६ देखि ९७ प्रतिशतसम्म घटेको भन्सारको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको पहिलो ४ महीनामा २ हजार ९२२ ओटा जीपकार भ्यान भित्रिएका थिए । यो वर्ष १ हजार ५१० ओटामात्र भित्रिएको छ ।

यो बर्षको पहिलो चौमासमा मोटरसाइकल आयातमा पनि २७ प्रतिशत घटेको छ । यो वर्ष २१ हजार मोटरसाइकल आयात भएको छ । यो संख्या अघिल्लो वर्ष ३३ हजार ४२२ थियो ।

यस्तै, ट्रक र मिनी ट्रकको आयात पनि घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्ममा ४६८ ओटा यस्ता साधन आयात भएकोमा यो वर्ष २८२ मा खुम्चिएको छ ।

अघिल्लो वर्ष ४ महीनामा ९९ ओटा मिनी बस आयात भएकोमा यो वर्ष ५ ओटामात्र आएको भन्सारको तथ्यांकले देखाउँछ ।

सरकारले महँगा गाडी आयातमा लिएको नीतिगत कडाइ, ऋण सीमा र कोरोना संक्रमणका कारण देखिएको बजार मन्दीका कारण गाडी आयात घटेको हो । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।