logo

नेकपाका सांसदहरुद्वारा वन तथा वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना

    1050   पटक पढिएको

२४ पुस/ अर्थ र व्यापार - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले नै वन तथा वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।  संघीय संसदको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका सांसदहरुले करोडौंको जडिबुटीलगायतका वनजन्य सम्पदाहरु भारतमा चोरी निकासी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन ।

समितिका सदस्यसमेत रहेका नेकपाका राष्ट्रियसभाका सांसद दिनानाथ शर्माले वन सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले चोरी निकासी नियन्त्रण गर्न र वनको उचित संरक्षण गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराए । 

नेकपाकै अर्का सांसद चक्रप्रसाद स्नेहीले वन ऐन तत्काल संशोधन गर्न पनि सरकारसँग माग गरे । खोला, नदी किनाराबाट २ सय मिटर वरपरको रुख ढलेपनि विद्यमान ऐनले त्यसको सदुपयोग गर्ने अधिकार नदिएको उल्लेख गर्दै सो रुख कटान गर्न मिल्ने गरी वन ऐन संशोधन गर्न सरकारसँग माग गरेका हुन् ।

महाकाली नदी किनारामा ढलेका रुख कटान गर्न ऐनले नदिएपछि त्यसको सदुपयोग भारतीय नागरिकहरुले गरिरहँदा पनि सरकारले त्यस सम्बन्धमा कुनै चासो नदिएकोमा सांसद स्नेहीले आपत्ति जनाए । सांसद स्नेहीले वनको सदुपयोग गर्ने नीति अझै लिन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।