logo

नेकपाका सांसदहरुद्वारा वन तथा वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना

    1247   पटक पढिएको

२४ पुस/ अर्थ र व्यापार - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले नै वन तथा वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।  संघीय संसदको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका सांसदहरुले करोडौंको जडिबुटीलगायतका वनजन्य सम्पदाहरु भारतमा चोरी निकासी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन ।

समितिका सदस्यसमेत रहेका नेकपाका राष्ट्रियसभाका सांसद दिनानाथ शर्माले वन सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले चोरी निकासी नियन्त्रण गर्न र वनको उचित संरक्षण गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराए । 

नेकपाकै अर्का सांसद चक्रप्रसाद स्नेहीले वन ऐन तत्काल संशोधन गर्न पनि सरकारसँग माग गरे । खोला, नदी किनाराबाट २ सय मिटर वरपरको रुख ढलेपनि विद्यमान ऐनले त्यसको सदुपयोग गर्ने अधिकार नदिएको उल्लेख गर्दै सो रुख कटान गर्न मिल्ने गरी वन ऐन संशोधन गर्न सरकारसँग माग गरेका हुन् ।

महाकाली नदी किनारामा ढलेका रुख कटान गर्न ऐनले नदिएपछि त्यसको सदुपयोग भारतीय नागरिकहरुले गरिरहँदा पनि सरकारले त्यस सम्बन्धमा कुनै चासो नदिएकोमा सांसद स्नेहीले आपत्ति जनाए । सांसद स्नेहीले वनको सदुपयोग गर्ने नीति अझै लिन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।