२४ साउन/अर्थ र व्यापार– अन्तत दुई हप्ता लामो वार्तापछि सौर्य एयर ६७ करोडमा बिक्रि भएको छ । गैरआवासीय नेपाली
(एनआरएन) श्याम अधिकारीसहितको समूहले ६७ करोड रुपैयाँमा सौर्य एयरको व्यवस्थापन जिम्मा लिएको हो ।
सौर्यका अध्यक्ष दीपक पोखरेलले श्याम र उनको समूहले ६७ करोडमा सौर्यको जिम्मेवारी लिएको पुष्टि गरे । नयाँ समूहले बैङ्कको ५५ करोड र गैरबैङ्किङ दायित्व १२ करोड सकारेको छ । नयाँ व्यवस्थापनसित बुधबार राति कम्पनी बिक्रीको सम्झौंतापत्रमा हस्ताक्षर भएको पोखरेलले जानकारी दिए ।
अब दशैँअगाडि थप २ वटा जहाज ल्याएर ४ वटाले उडान भर्ने र भारतका विभिन्न मुख्य शहरमा पनि उडान भर्ने पोखरेलले बताए ।
अध्यक्ष पोखरेलले सोमबारदेखि पहिलेकै जस्तो उडान नियमित हुने बताए ।
सौर्य्सित अहिले रहेका दुबै ५० सिटे सिआरजे २०० जहाज छ ।
तपाईको प्रतिक्रिया