logo

सम्पत्ति बीमा निर्देशिका परिमार्जित, सम्पत्ति बीमा शुल्क ६५ प्रतिशतसम्म घट्ने

    1363   पटक पढिएको

८ पुस /अर्थ र व्यापार - सम्पत्ति बीमा शुल्क ६५ प्रतिशतसम्म घट्ने भएको छ । बीमा समितिले २०५८ सालको सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरेपछि यस्तो बीमाको शुल्क घट्ने भएको हो । अगाडी आएको निर्देशिका समय सापेक्ष बनाउनको लागि परिमार्जन गरिएको समितिका अध्यक्ष चिरन्जीबी चापागाईँले जानकारी दिए । सम्पत्ति बीमा निर्देशिकालाई समय सापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यक थियो, त्यसैले परिमार्जन गरेको अध्यक्ष चापागाईँले समितिमा आयोजित पत्रकार सम्मेलनमा भने ।

सम्पत्ति बीमा लेख अन्र्तगत सामान्य सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, मूल्यांकित सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, र पुनस्थापना सम्पत्ति बीमालेख पर्छन् । समितिले गरेको परिमार्जन अनुसार १ करोड रुपैयाँभन्दा कम मूल्यको घरको बीमा गराउँदा प्रतिहजार रुपैयाँको ४० पैसाका दरले बीमा शुल्क तिरेर बीमा गराउन सकिने भएको छ । यस्तो बीमामा हुलदंगा तथा आतंकबाद जोखिम भने समावेश हुने छैन । यो शुल्क अनुसार १ करोड रुपैयाँको घरको बीमा बार्षिक ४ हजार रुपैयाँ बीमा शुल्कमा गर्न सकिनेछ ।

यस्तो ब्यवस्थाले हाल प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नी र भूकम्प) सहित सबै बीमायोग्य जोखिम लिदा समेत कूल बीमा शुल्कमा औसतमा ६५ प्रतिशतका दरले बीमा शुल्क कम पर्ने समितिले जानकारी दिएको छ । शुल्क घटेपछि बीमाको दायरा बढ्ने अपेक्षा समितिको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।