logo

साल्ट ट्रेडिङले २० प्रतिशत बोनस शेयर प्रदान गर्ने

    1356   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – साल्ट ट्रेडिङ कर्पाेरेशनले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । कर्पाेरेशनले आर्थिक वर्ष २०७२/७३ मा रु ६१ करोड २४ लाख मुनाफा आर्जन गरेको थियो । यो आव २०७१/७२ भन्दा रु पाँच करोड १५ लाख बढी हो । कर्पाेरेशनको आज यहाँ सम्पन्न ५०औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई सो बोनस र लाभांश दिने निर्णय गरेको हो ।

उपभोक्तालाई नून, चिनी, चामल, दाल, गेडागुडी, ग्यासलगायत अन्य खाद्यान्न अनुदान तथा गैरअनुदानमा मल बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले २०७३ सालमा भारतीय नाकाबन्दी र तराई आन्दोलनमा समेत रु छ अर्ब ८३ करोडको कारोबार गर्न सफल भएको थियो । यस वर्षको जेठ मसान्तसम्म रु सात अर्ब ५६ करोड ४८ लाख बराबरको कारोबार गरेको छ ।

सरकारको निर्देशन र सामाजिक उत्तरदायित्व बहन गर्नुपरेका कारण मूल्यभन्दा कम मूल्यमा सामान बिक्री वितरण गर्नुपर्ने बाध्यताले कर्पाेरेशनले अपेक्षित मुनाफा आर्जन गर्न नसकेको हो ।

सरकारले कर्पाेरेशनलाई अनुदानमा बिक्री वितरण गर्न अनुमति दिएको रासायनिक मलमध्ये हालसम्म युरिया मल ५० हजार मेट्रिक टन, डिएपी ५० हजार मेट्रिक टन, दुई हजार पाँचसय मेट्रिक टन पोटास मलमध्ये अधिकांश आयात भइसकेको र यसले मलको अभावलाई केही मात्रामा पूरा गर्नेछ ।

अनुदान रकमबाट आयात गरिएका रासायनिक मलको परिणाम कृषि बजारको आवश्यकता भन्दा कम रहेकाले कर्पाेरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा रासायनिक मल आयात गरी बिक्री वितरण सुरु गरेको छ । आगामी दशैँ तिहारजस्ता पर्वमा चिनीको अभाव हुन नदिन भारतबाट ५० हजार मेट्रिक टन चिनी आयातको व्यवस्था मिलाइसकिएकोे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।