logo

साझा यातायातको स्मार्ट कार्ड अपग्रेडपछि पुन संचालनमा

    1243   पटक पढिएको

१७ असार / अर्थ र व्यापार - साझा यातायातको स्मार्ट कार्ड पुन संचालनमा आएको छ । यस अघि संचालनमा ल्याईएको कार्ड प्रभावकारी हुन नसकेपछि त्यसलाई अपग्रेड गरेर संचालनमा ल्याईएको हो । नेपाल बैकसँग सहकार्य गरेर साझाले स्मार्टकार्ड संचालनमा ल्याएको हो । सोमबार एक विशेष कार्यक्रमवीच ३ नम्वर प्रदेशका मूख्य मन्त्री डोरमणी पौडेलले कार्ड स्वाईप गरेर उद्घाटन गरे । कार्डको नाम ‘नेपाल मण्डल यात्रा कार्ड’ भनिएको छ ।

करिव दुई महिनाको परीक्षणपछि संचालनमा ल्याईएको साझा यातायात सहकारीका अध्यक्ष कनकमणी दीक्षितले जानकारी दिए । उनका अनुसार सबै खालका बसमा यो कार्ड प्रयोग गर्न सकिनेछ । उनका अनुसार पार्किङ,रेष्टुरेण्ट,फेवातालमा ढुङगा चढ्दा र पसलहरुमा समेत प्रयोग गर्न सकिन्छ ।
कार्डले खुद्रा पैसाको झन्झट मेटिने र यात्रुहरु ठगिनबाट रोकिने साझाले जनाएको छ भने काठमाडौं महानगरपालिकाले ल्याएको पिक एण्ड ड्रप नीतिका लागि उपयोगी हुने साझाको विश्वास छ । साझाका अनुसार कार्डका लागि बसको सहचालकसँग सम्पर्क राख्न सक्ने छ । दुई सय रुपैयाँमा यो कार्ड प्राप्त गर्न सकिनेछ । कार्डमा दुई सय रुपैयाँको ब्यालेन्स हुन्छ र थप टपअप सहचालकबाटै गर्नुपर्नेछ ।

कार्ड लिने व्यक्तिले साझाका सहचालकसँग रहेको मेसिनमा स्वाईप गर्नुपर्नेछ । दूरीका आधारमा सहचालकले भाडा तय गर्ने र त्यही आधारमा स्वाप गरेर भाडा तिर्न सकिन्छ । स्वाइप गर्ने वित्तिकै मेसिनले रसिद प्रिन्ट गर्छ । तत्कालका लागि यो व्यवस्था भएपनि निकट भविष्यमा दुवै ढोकामा मेसिन राख्ने र अटोमेटिक यात्रा अनुसार काट्ने व्यवस्था मिलाउन लागिएको साझाले जनाएको छ ।

जिपिएस सिस्टमले अटोमेटिक यात्रा दुरी नाप्छ र लागेको भाडा काट्ने साझाले जनाएको छ । पोखरामा समेत यो कार्ड प्रयोगमा ल्याउन लागिएको छ भने उपत्यकाका अरु बस कम्पनीसँग समेत सहकार्य गर्न लागिएको छ । एउटा कार्ड भए देशैभर जुनसुकै बसमा यात्रा गर्दा पनि प्रयोग गर्न मिल्ने बनाउने तयारी भएको दीक्षितले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।