logo

‘सेफगार्ड, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक’ संसदमा पेश

    1347   पटक पढिएको

२७ फागुन /अर्थ र व्यापार - अन्तराष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी सरकारले संसदमा ‘सेफगार्ड, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक’ पेश गरेको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सेफगार्ड, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक पेश गरेका हुन् । प्रतिनिधि सभाले विधेयक पारित गरेपछि अन्र्तराष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता र ब्राण्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरुपमा प्रतिबन्धित हुनेछन् ।

उद्योगमन्त्री यादवले लागत मूल्यभन्दा कम मूल्यमा आयात वा सहुलियत प्राप्त मालवस्तुको अत्याधिक आयात हुँदा स्वदेशी उद्योग धारासयी बन्ने अवस्थाको अन्त्य गर्न यो विधेयक पेश गरेको बताए । मन्त्री यादवले पेश गरेको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । यसअघि सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक ल्याउन ढिलो भएको भन्दै गुनासो गरेका थिए । सरकारले गएको फागुन ११ गते यो विधेयक संसदमा दर्ता गरेको थियो ।

विधेयक हुबहु पारित भए अन्र्तर्रा्ष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुको आयातमा रोकिने छ भने डम्पिङ्ग गरिएको देखिए भन्सार र अतिरिक्त एन्टी–डम्पिङ्ग शुल्क लाग्ने छ । यस्तै, अन्तराष्ट्रिय बजारबाट भित्रने सहुलियत तथा अनुदान प्राप्त मालवस्तुमा पनि प्रतिबन्ध लाग्ने छ । विश्व व्यापार सङ्गठनले यस्ता वस्तुको आयात निर्यात गर्न नहुने बताए पनि नेपालमा हालसम्म यस्ता वस्तुको आयात रोकिन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।