२१ असोज/अर्थ र व्यापार– सरकारले सबै तहका परीक्षा संचालन गर्न सैद्धान्तिक सहमति दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सवै तहका परीक्षा संचालका लागि सम्बन्धित निकायहरुलाई सैद्धान्तिक सहमति दिएको हो ।
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री प्रदीप ज्ञवालीले सरकारले तोकेको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सवै तहका परीक्षा संचालका लागि सम्बन्धित निकायहरुलाई सैद्धान्तिक सहमति दिएको बताए ।
मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजिनक गर्दै मन्त्री ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई ध्यानमा राखी परिस्थिति र अवस्था अनुसार परीक्षा संचालन गर्न सकिने बताए ।
तपाईको प्रतिक्रिया