logo

सडक विभागले दुई लेनका सडक र पुल मात्रै बनाउने

    1439   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार - सडक विभागले दुई लेनका सडक र पुल मात्रै बनाउने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिमा वोल्दै अब सडक विभाग मार्फत सिङगल लेनको पुल र सडक निर्माण नहुने जानकारी दिए ।

उनले सिङगल लेनको बनाउने नीति नै नभएकाले विभागमार्फत निर्माण हुनै सबै सडक र पुल दुई लेनका हुने जानकारी दिए । सडक विभागलाई दुई लेनमा मात्रै निर्माण गर्नका लागि निर्देशन समेत दिएका छन् । पहाडका भौगोलिक जटिलता भएका ठाउँहरुमा दुई लेनको ट्रयाक खोलेर सिङगल लेनको ब्ल्याक टप गरिने मन्त्री महासेठले बताए । तर, पहाडमा पनि सडक संरचना भने दुर्ई लेनका नै हुनेछन् । समितिका सदस्यहरुले सडकको कमजोर संरचनाका कारण दुर्घटना बढेको भन्दै मन्त्री महासेठको ध्यानाकर्षण गराएका थिए ।

महासेठले नेपालमा सवारी दुर्घटना बढ्दै गएको स्विकार्दै के गर्दा न्युनीकरण गर्न सकिन्छ भनेर समाधान गर्न कार्यादल गठन गरेर अध्ययन सुरु गरिएको जानकारी दिए ।  मन्त्रालयका सहसचिव सरोज प्रधानको संयोजकत्वमा कार्यादल गठन गरिएको छ । कार्यादलले एक महिनामा प्रतिवेदन दिने छ । प्रतिवेदन आएपछि केके गर्न सकिन्छ मन्त्रालयले सुरक्षाका उपायहरु अपनाउन सम्वन्धित निकायलाई निर्देश दिनेछ ।

मन्त्री महासेठले सडकहरु सुरक्षाका लागि पुर्वाधार निर्माण गर्न लागिएको बताए । त्यसैगरी काठमाडौंका ठाउँहरु पहिचान गरेर जेव्रा क्रसिङ, ओभरहेड व्रिज, ट्राफिक चिह्नहरु, ट्राफिक लाईट राख्न लागिएको जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।