logo

रिभर फन बिच रिसोर्टको आयोजनामा रोपाईं जात्रा सम्पन्न

    2488   पटक पढिएको

१६ असार/ अर्थ र व्यापार संवाददाता- धान दिवसको अवसर पारेर असार १५ गते रिभर फन बिच रिर्सोट कुरीनटारले आयोजना गरेको रोपाईं जात्रा भव्य रुपमा सम्पन्न भएको छ । रिभर फन विच रिसोर्टको परिसरमा आयोजित रोपाईं जात्रामा पर्यटन व्यवसायिहरु,पत्रकार,कलाकार तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

रोपाईं जात्रा कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले रोपाईं जात्रा कार्यक्रमले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने वताए । कार्यक्रममा नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संघ(निट नेपाल)का अध्यक्ष दिपक महत,युवा पर्यटन व्यवसायि राजन सिंखडा, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारी लगायत स्थानिय राजनीतिक दलका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले आँफुहरुले अव हरेक वर्ष रोपाईं जात्रा आयोजना गर्ने वताए । 


त्यसैगरी कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायिहरु सागर पाण्डे,देवेन्द्र वाग्ले,वलराम न्यौपाने,अञ्जन थापा (कुमार),मिस टुरिजम–२०१६ ओरुषा थापा लगायतको पनि उपस्थिति थियो । रोपाईंजात्रामा व्यवसायि,पत्रकार तथा कलाकारहरुले हिलो छ्यापाछ्याप गरेर रमाईलो गरेका थिए । रोपाईंजात्रा पछि सवैले दहि चिउरा खाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।