logo

काठमाडौंका १७ रेष्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क हटाइयो

    1372   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार - रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल(रेवान)ले ग्राहकबाट उठाउने १० प्रतिशत सेवा शुल्क खारेजीको निर्णय गरेपछि हालसम्म बिभिन्न १७ वटा रेष्टुरेन्टहरुले सेवा शुल्क हटाएका छन । 

बन्कर हिल रेष्टुरेन्ट, बु कि बा रेष्टुरेन्ट, बियर्स एण्ड चियर्स, वन्जला, मेला, थर्ड आइ, इङयाङ, तास एण्ड सेकुवा महल, किम्ची रेष्टुरेन्ट, तास महल, तास एण्ड तावा, थाइ घर, गाङ्ग्री, सेभेन सिजन र रेड मग क्याफेले आफ्नो सबै शाखाहरुबाट सेवा शुल्क हटाएको जनाएका छन् ।

यस्तै ब्ल्याक पेपर,  रोबोट राखिएको केकेएफसी र भ्याली चिकेन एक्सप्रेसले पनि आफ्नो सेवा शुल्क हटाएको छ । मजदुरहरुले सेवा शुल्क खारेजीको बिरोध गरिरहेपनि रेवानले होटल ब्यवसायको बजार बिस्तारको लागि भन्दै सेवा शुल्क हटाउने निर्णय गरेको थियो ।
रेवानले गत सोमबार १० प्रतिशत सेवा शुल्कले रेष्टुरेन्टको बजार विस्तारमै वाधा पुगेको भन्दै खारेजीको निर्णय गरेको हो। रेवानसँग काठमाडौंमा दुई सय, पोखरामा डेढ सय र सौराहामा ७० वटा रेष्टुरेन्ट आवद्ध छन् ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।