४ असार / अर्थ र व्यापार - रेडबुल लगायतका इनर्जी ड्रिक्सको आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
रेडबुलले आफुलाई इनर्जी ड्रिक्सको रुपमा ब्रान्डिङ गर्ने गरेको छ । यस्तै मन्त्रालयले २० माइक्रोकोनको सट्टा कम मोटाइका प्लास्टिक झोला सिटको आयातमा समेत पूर्ण रुपमा रोक लगाएको छ ।
निर्यात तर्फ भने हिमाली जिल्लामा उत्पादन हुने चामलको निकासी खोलेको छ । यस्तै दालजन्य वस्तुमा रहरको निकासी समेत खोलिएको छ ।
तपाईको प्रतिक्रिया