logo

जेष्ठ नागरिकलाई हवाई भाडामा छुट कार्यान्वयन गर्न कार्यदलको पनि सिफारिस

    1236   पटक पढिएको

२२ मंसिर / अर्थ र व्यापार - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पदभार ग्रहण लगत्तै घोषणा गरेअनुसार जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन सरकारद्धारा गठित कार्यदलले सिफारिस गरेको छ ।

हवाई क्षेत्रका विविधि विषयमा सुझाव दिन सरकारले गठन गरेको कार्यदलले जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिँदा राज्यलाई ठूलो व्ययभार नपर्ने निष्कर्ष निकालेको हो ।मन्त्रीको घोषणालगत्तै नेपाल एयरलाइन्सले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा छुट दिन थालेको थियो । श्री एयरलाइन्सले ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई मात्र ५ सय रुपैयाँ भाडामा उडाउने घोषणा गरेको थियो । ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई छुट दिने उसले जनाएको छ ।

तर, अन्य वायुसेवा कम्पनीहरुले भने मन्त्रालयमा लिखित र मौखिक रुपमा यस घोषणाको विरोध गरेका थिए । पछि कम्पनीहरु आफूलाई विपन्न स्वघोषणा गर्ने जेष्ठ नागरिकलाई छुट दिन तयार भए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।