logo

आन्दोलनरत मजदुरहरुलाई वार्तामा आउन रेबानको आह्वान

    960   पटक पढिएको

२० माघ /अर्थ र व्यापार - सेवाशूल्क खारेजीको विरोध गरिरहेका मजदुरहरुलाई रेष्टुरेण्ट एण्ड बार एसोसिएसन ‘रेबानले’ ले वार्ताको लागि बोलाएको छ । रेबानले मजदुरको आन्दोलनप्रति आपत्ति जनाउँदै  वार्ताको लागि आह्वान गरेको हो । मजदुरलक्षित श्रम, रोजगार तथा सामाजिक सुरक्षाकोष मन्त्रालयले जारी गरेको श्रम ऐन अनुसारको न्यूनतम तलब भत्ता कार्यान्वयन गर्ने प्रतिकद्धता जाहेर गर्दा पनि मजदुर आन्दोलनमा उत्रिनु आपत्तिजनक रहेको रेबानले बताएको छ ।

ग्राहकबाट उठ्ने टिप्स सबै मजदुरमा बाँड्ने तथा व्यवस्थापन पक्षबाट अन्य अतिरिक्त लाभ उपलब्ध गराउने प्रतिबद्धता गर्दा पनि विभिन्न मजदुर संगठनले व्यवसायीहरुलाई धम्की र त्रासको वातावरण सिर्जना गर्दै आएको रेबानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतले कारण देखाउ आदेश दिइसकेको कारण उक्त आन्दोलनको कुनै औचित्य नरहेको रेबानले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । गत सोमबार रेबानले उपभोक्ता केन्द्रित १० प्रतिशत सेवाशूल्क खारेज गरे लगत्तै विभिन्न संगठनबाट मजदुर विरोधमा उत्रिएका थिए ।

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले सेवा शुल्क खारेजीको बिरोधमा मंगलबारदेखि देशका सबै रेष्टुरेण्ट बन्द गर्ने कार्यक्रम तय गरेको छ ।
    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।