logo

ठमेलमा रात्रीकालीन व्यवसायीहरुको प्रदर्शन, भने 'कोरोना रातिमा मात्रै लाग्छ र सरकार'? 

    1864   पटक पढिएको


१८ मंसिर/अर्थ र व्यापार– ठमेलका व्यवसायीहरुले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै बुधबार  प्रदर्शन् गरेका छन् ।

कोभिड–१९ महामारीको जोखिमका कारण विगत आठ महिनादेखि व्यवसाय बन्द हुँदा रात्रिकालीन व्यवसायीहरु चरम आर्थिक संकटमा परेको भन्दै व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट रात्रीकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए ।

अध्यक्ष राणाले अबपनि व्यवसाय सञ्चालन गर्न नपाए रोगले भन्दा पनि भोकले मर्ने स्थिति आएको बताए । उनले सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत कुनै सुनुवाइ नभएपछि  विरोध प्रदर्शनमा उत्रिन बाध्य भएको बताए ।

रात्रीकालीन व्यवसायीहरुले कोरोना रातिमा मात्रै लाग्छ र सरकार ? ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, व्यवसाय खोलौं मजदुर बचाउँ ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर बिरोध प्रदर्शन गरेका थिए । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।