logo

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्रमा हस्ताक्षर

    1070   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार - सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्रमा हस्ताक्षर भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका तर्फबाट प्रोजेक्ट मेनेजर याङ  र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपालस्थित चीन सरकारको कन्सुलर कार्यालयका प्रतिनिधीहरुको उपस्थिति थियो । चीनले यो बन्दरगाह निर्माणका लागि तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनीलाई छनौंट गरेको छ ।

समितिका इन्जिनियर प्रमोद आचार्यका अनुसार अब कम्पनीले साइट क्याम्प राखेर काम सुरु गर्नु अघिका तयारी गर्नेछ । एक महिनाभित्र निर्माण सुरु गर्ने उनले बताए । यो बन्दरगाह चीनको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो । चिनियाँ युआन १२ करोड ४० लाख लागतमा निर्माण हुनेछ । सीमा नाकाबाट करिव साढे दुई किलोमिटरमा यो बन्दरगाह पर्छ । रसुवा जिल्लाको टिमुरे गाविसमा करिव ५ हेक्टर क्षेत्रफलमा बन्दरगाह निर्माण गर्न लागिएको हो । समितिका अनुसार ३ सय ५० वटा ठूला ट्रक तथा कार अट्ने पार्किङस्थल निर्माण हुनेछ ।

करिव ५ हजार वर्ग्मिटरमा ५ तले जाँचपास भवन निर्माण हुनेछ । करिव ७ सय ५० वर्गमिटरमा पार्किङ क्षेत्र तथा  कुल २ हजार ८० वर्गमिटरमा दुईवटा जाँचपास कक्ष, कार्गो गोदाम सहितका संरचना हुनेछन् । सुख्खा बन्दरगाह निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । यो बन्दरगाह सुरु गरेको तीस महिना बन्दरगाह तयार हुनेछ । जनवरी २०१८ मा कम्पनीले पेश गरेको अन्तिम डिजाईनमा नेपालले सहमति दिएको थियो । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको यो बन्दरगाह उत्तरी नाकामा दोस्रो हो । हालै मात्र सिन्धुपाल्चोकको लार्चामा चीन सरकारले तातोपानी सुख्खा बन्दरगाह निर्माण गरेर सरकारलाई दिइसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।