१५ फागुन /अर्थ र व्यापार – राष्ट्रिय योजना आयोगले यो वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा मात्रै सीमित हुने बताएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।
यस्तै राष्ट्रिय योजना आयोगले ७ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । तर सरकारका आर्थिक सूचकांक हेर्दा यो वर्ष ७ प्रतिशतको हाराहारीमा मात्रै आर्थिक वृद्धि हुने देखिएको आयोगले जनाएको छ ।
यो आर्थिक वर्षमा ७ प्रतिशत वा ७ दशमलव १र२ प्रतिशत मात्रै आर्थिक बृद्धिदर हुने तथ्यांकहरु आइरहेकोले ८ प्रतिशत वृद्धि हुने नदेखिएको योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले बताए । सरकारले ८ प्रतिशतको लक्ष्य राखेकोमा ७ प्रतिशतको हाराहारीमा विकास हुनु पनि धेरै राम्रो भएको उनको भनाई छ ।
विगत २ वटा आर्थिक वर्षमा लगभग साढे ६ प्रतिशत आर्थिक वृद्धि गर्न सफल भएको र अहिले ७ प्रतिशत भयो भने पनि राम्रै मान्नुपर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया