logo

‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ सेवाको शुभारम्भ

    1702   पटक पढिएको

१५ बैशाख /अर्थ र व्यापार – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ सेवाको शुभारम्भ गरेका छन् । राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहेका  प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रीय तथ्यांक विभागले तयार पारेको यो अनलाइन डाटा पोर्टलको नाम डब्लु डब्लु डब्लु डट नेशनलडाटा डट जीओभी डट एनपी राखिएको छ ।

संघ, प्रदेश र स्थानीय तहको सबै डाटाहरु एकीकृत रुपमा अनलाइन सेवामार्फत् सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । खुला तथ्यांकको सिद्धान्त बमोजिम तथ्यांक तथा सूचनामा सरोकारवालाहरुको पहुँच सुनिश्चित गर्न पनि यो अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । राष्ट्रिय योजना आयोगसँगको निरन्तरको अन्तरक्रियामा आधारित भएर तयार पारिएको यो अनलाइन डाटा पोर्टलले संघ, प्रदेश र स्थानीय तहको तथ्यांकीय तथा सूचना व्यवस्थापनको क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यमा पनि रहेको छ ।

गएको मंसीर २१ गते बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले तथ्यमा आधारित तथ्यांक संकलनका लागि आवश्यक पोर्टलको व्यवस्था गर्न निर्देशन दिएका थिए । यही निर्देशन अनुसार यो अनलाईन पोर्टल संचालनमा ल्याइएको पनि केन्द्रीय तथ्यांक विभागका महानिर्देशक अर्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।