logo

राष्ट्रिय सतर्कता केन्द्रलाई विकासका आयोजनाहरुको सुक्ष्म निरीक्षण गर्न निर्देशन  

    1532   पटक पढिएको

२४ पुस/ अर्थ र व्यापार - संघीय संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय सतर्कता केन्द्रलाई विकासका आयोजनाहरुको सुक्ष्म निरीक्षण गर्न निर्देशन दिएको छ । समितिको बैठकले २१ वटा राष्ट्रिय गौरवका आयोजना र अन्य विकासका आयोजनाहरुको सुरुदेखि अन्त्यसम्म विभिन्न चरणमा प्राविधिक परिक्षण गरि निर्माण सामाग्रीहरुको समेत गुणस्तर परिक्षणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

समितिका सभापति कल्याणी खड्काले विकास निर्माणका आयोजनाहरुमा हुनसक्ने अनियमितता र ढिलासुस्तिको समेत सुक्ष्म अध्ययन गर्ने निर्देशन दिएकी छन् । पछिल्लो समय ठूला विकासका आयोजनाहरुमा ढिलासुस्ती भएको भन्दै सुक्ष्म रुपमा अध्ययन गर्नका लागि केन्द्रलाई निर्देशन दिएकी हुन् ।

निर्देशन
१. राष्ट्रिय सतर्कता केन्द्रबाट सम्पादित कार्यलाई थप प्रभावकारी बनाउन विशेष गरि विकास निर्माण कार्यसँग सम्वन्धति आयोजनाको कार्य प्रगति एवं आयोजनाहरुको गुणस्तरमापन अनुगमन प्राविधिक परिक्षण तथा सम्वन्धित विज्ञहरुको सहयोगमा ढिलासुस्तीलाई सुक्ष्म अध्ययन मार्फत प्रभावकारिता बढाई सुशासन कायम गराउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय  मार्फत राष्ट्रिय सतर्कता केन्द्रलाई  निर्देशन दिएको छ ।

२. राष्ट्रिय गौरवको आयोजनाहरुको गुणस्तर परिक्षण सम्वन्धि पछिल्लो प्राविधिक परिक्षण प्रतिवेदन यथाशिघ्र समितिलाई उपलब्ध गराउन समिति राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ ।

३. चालु आर्थिक बर्षमा के कति विकास आयोजनाहरुको प्राविधिक परिक्षण गरियो? त्यसको विवरण समितिलाई उपलब्ध गराउन र के कस्तो कारबाहीका लागि सिफारिस गरियो त्यसको पनि विवरण समितिलाई उपलब्ध गराउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । 

४. राष्ट्रिय गौरव र अन्य विकासका आयोजनाहरुको आरम्भदेखि अन्त्यसम्म विभिन्न चरणमा प्राविधिक परिक्षण गरि निर्माण सामाग्रीहरुको समेत गुणस्तर परिक्षणको व्यवस्था मिलाउन समिति निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।