logo

राष्ट्रिय सतर्कता केन्द्रलाई विकासका आयोजनाहरुको सुक्ष्म निरीक्षण गर्न निर्देशन  

    1739   पटक पढिएको

२४ पुस/ अर्थ र व्यापार - संघीय संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय सतर्कता केन्द्रलाई विकासका आयोजनाहरुको सुक्ष्म निरीक्षण गर्न निर्देशन दिएको छ । समितिको बैठकले २१ वटा राष्ट्रिय गौरवका आयोजना र अन्य विकासका आयोजनाहरुको सुरुदेखि अन्त्यसम्म विभिन्न चरणमा प्राविधिक परिक्षण गरि निर्माण सामाग्रीहरुको समेत गुणस्तर परिक्षणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

समितिका सभापति कल्याणी खड्काले विकास निर्माणका आयोजनाहरुमा हुनसक्ने अनियमितता र ढिलासुस्तिको समेत सुक्ष्म अध्ययन गर्ने निर्देशन दिएकी छन् । पछिल्लो समय ठूला विकासका आयोजनाहरुमा ढिलासुस्ती भएको भन्दै सुक्ष्म रुपमा अध्ययन गर्नका लागि केन्द्रलाई निर्देशन दिएकी हुन् ।

निर्देशन
१. राष्ट्रिय सतर्कता केन्द्रबाट सम्पादित कार्यलाई थप प्रभावकारी बनाउन विशेष गरि विकास निर्माण कार्यसँग सम्वन्धति आयोजनाको कार्य प्रगति एवं आयोजनाहरुको गुणस्तरमापन अनुगमन प्राविधिक परिक्षण तथा सम्वन्धित विज्ञहरुको सहयोगमा ढिलासुस्तीलाई सुक्ष्म अध्ययन मार्फत प्रभावकारिता बढाई सुशासन कायम गराउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय  मार्फत राष्ट्रिय सतर्कता केन्द्रलाई  निर्देशन दिएको छ ।

२. राष्ट्रिय गौरवको आयोजनाहरुको गुणस्तर परिक्षण सम्वन्धि पछिल्लो प्राविधिक परिक्षण प्रतिवेदन यथाशिघ्र समितिलाई उपलब्ध गराउन समिति राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ ।

३. चालु आर्थिक बर्षमा के कति विकास आयोजनाहरुको प्राविधिक परिक्षण गरियो? त्यसको विवरण समितिलाई उपलब्ध गराउन र के कस्तो कारबाहीका लागि सिफारिस गरियो त्यसको पनि विवरण समितिलाई उपलब्ध गराउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । 

४. राष्ट्रिय गौरव र अन्य विकासका आयोजनाहरुको आरम्भदेखि अन्त्यसम्म विभिन्न चरणमा प्राविधिक परिक्षण गरि निर्माण सामाग्रीहरुको समेत गुणस्तर परिक्षणको व्यवस्था मिलाउन समिति निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।