logo

आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक दिइने

    1306   पटक पढिएको

२९ चैत्र /अर्थ र व्यापार - नयाँ बर्षको दिन सरकारले संविधान दिवशको अवसर पारेर घोषणा गरेको पदकहरु  राष्ट्रपति कार्यालयबाट बितरण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पदक पाउनेहरुलाई सम्मान गर्नेछिन् ।

आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक दिइने भएको छ ।  सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ । यसैगरी उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ । 

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइने भएको छ। यो पदक चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीले पाउने छन् । होटल संघ नेपालका अमरमान शाक्य, ललितपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अमरमान जोशी, रत्ननगर टाँडीका ब्यवसायी दीपककुमार कर्मचार्य र यादवप्रसाद पाण्डेलाई पनि दिइने भएको छ । पदक आइतबार बिहान साढे ८ बजे राष्ट्रपति कार्यालयमा वितरण हुने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।