logo

राष्ट्र बैंकको चाहना विग मर्जर, तर प्रक्रिया जटिल

    1608   पटक पढिएको

१९ आषाढ/अर्थ र व्यापार– आगामी आर्थिक बर्षको मौद्रिक नीति लेखनमा ब्यस्त रहेको नेपाल राष्ट्र बैंकले २८ वटा बाणिज्य बैंकको संख्या धेरै भएकाले यसलाई घटाउनु पर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख नरवहादुर थापाले ‘विग मर्जर’ राष्ट्र बैंकको पनि चाहना भएको भन्दै बाणिज्य बैंकको संख्या घटाउनु पर्ने पक्षमा अधिकांस सहमत रहेको बताएका हुन् ।

दुई बर्ष अगाडि राष्ट्र बैंकले बाणिज्य बैंकको चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्याउने योजना ल्याएका थियो । एकाधवाहेक सबैजसोले पुर्याएको अवस्था छ । विकास बैंक र फाइनान्समा पनि धेरैजसोले पुर्याइसकेका छन् । 

पूँजी बृद्धि योजनापछि विकास बैंक र फाइनान्स कम्पनीको संख्यामा धेरै नै कमी आएको भन्दै थापाले त्यसलाई सफलताका रुपमा राष्ट्र बैंकले लिएको जानकारी दिए।

‘बाणिज्य बैंक ३२ बाट २८ मा झरे । एकदमै थोरै संख्या घट्यो । अलिक धेरै झर्नु पर्थियो झरेनन् भन्ने कुरा लागेको छ,’ उनले भने, ’२८ वटा बैंक धेरै भए। संख्या अलिकति उपयुक्त स्तरमा झार्दा परिपक्वता आउँथ्यो । स्वस्थ प्रतिस्पर्धा हुन्थ्यो। वित्तीय क्षेत्रले स्थिरता पाउँथ्यो भन्ने लागेको छ ।’

उनले राष्ट्र बैंक संख्या घट्नु पर्छ भन्ने पक्षमा भए पनि संख्या कसरी घटाउने, के गर्ने भन्ने पक्ष जटिल रहेको बताए। ’चुक्ता पूँजी २ अर्बबाट ८ अर्बमा पुर्याइएको छ। संख्या घटाउन फोर्सफुल्ली मर्ज गर्ने कुरा पनि आएको छ। तर संख्या घटाउन त्यति सहज छैन,’ ’पूँजी भर्खर बढाएकाले एक पटक सास फेर्ने समय दिनु पर्छ भन्ने कुरा पनि छ। यी कुराहरु तर्कसंगत पनि छन्।’

उनले सबैको चाहना संख्या घटोस् भन्ने भएजस्तै राष्ट्र बैंक पनि त्यही पक्षमा रहेको बताउँदै भने, ’तर कसरी भन्ने कुरा अलिकति जटिल बिषय छ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।