logo

कामप्रति जवाफदेही हुन सांसद्को आग्रह

    1796   पटक पढिएको

२४ भाद्र / अर्थ र व्यापार- काठमाडौ क्षेत्र नं. ७ का सांसद् रामबीर मानन्धरले अहिलेसम्म यहाँका विकासका काममा संलग्न केही ठेकेदारहरुले मोबिलाइजेसन लिएर इमानदारीतापूर्वक काम नगरेको भन्दै निर्माण व्यवसायीलाईलाई आफ्नो कामप्रति जवाफदेही हुन आग्रह गरे । 

काठमाडौको तारकेश्वर नगरपालिका–५ स्थित जनजागृति टोल सुधार समितिको ८ औं वार्षिक साधारण सभामा प्रतिनीधी सभा सदस्य तथा सांसद् मानन्धरले यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्षभित्र सकिनुपर्ने बालाजु बाइपास –पुरानो गुह्ेश्वरी, लोलाङ, धितालथोक हुँदै तिनपिप्लेस्थित पासाङ ल्हामु राजमार्ग जोड्ने सडक निर्माण कार्य अझै अलपत्र अवस्थामा रहेकोमा दुःख व्यक्त गर्दै यस सडक निर्माणको जिम्मा लिएको ठेकेदारलाई जतिसक्दो छिटो काम सम्पन्न गर्न आग्रह गरे ।  उनले यस टोल सुधार समितिका सदस्यहरुलाई पनि आफ्नो क्षेत्रमा भएका विकास निर्माणका कममा निकै बिचार पु¥याउन आग्रह गरे । 

तारकेश्वर नगरपालिका–५ का वडा अध्यक्ष बासुप्रसाद गौतमले यस टोलका विकासमा आफ्ले सक्दो सहयोग गरिदिने प्रतिवद्धता जनाए । सो कार्यक्रममा तानपा–४ का वडा अध्यक्ष नरेन्द्रदास क्षेष्ठ लगायत विभिन्न टोल सुधार समितिका अध्यक्षहरुले मन्तब्य ब्यक्त गरेका थिए ।  

जनजागृति टोल सुधार समितिको अध्यक्षमा तामाङ 

जनजागृति टोल सुधार समितिको ८ औं वार्षिक साधारण सभाले तोकबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सो साधारण सभाले तामाङलाई सर्व सहमतीको आधारमा आगामी दुई वर्षकालागि निर्वाचित गरेको हो । 
यस समितिको उपाध्यक्षमा गणेश देवकोटा, सचिवमा राजकुमार प्रधान, सह सचिवमा पुष्पा गुरुङ, कोषाध्यक्षमा हरिचन्द्र घिमिरे निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा दिलबहादुर गुरुङ, बिमला थापा,राजेन्द्र ढकाल, रत्नकुमारी गुरुङ, उमा पौडेल, कल्पना बोहोरा र सलिना अर्याल रहेका छन । यसैगरि, यस समितिको सलहकारहरुमा निवर्तमान अध्यक्ष केदार परियार, कमलप्रसाद रिमाल, मधुजंग पाण्डे, दिपक पाण्डे, सुदन गौतम र रबि केसी रहेका छन ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।