२२ साउन / अर्थ र व्यापार – शिखर इन्स्योरेन्सकोे अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सो पदमा नियुक्त गराएको हो । श्रेष्ठ कार्पेट उद्योगको एक व्यापारी हुन् । साथै, उनी ट्राभल ट्रेड बिजनेसमा पनि आवद्ध रहेका छन् ।
त्यस्तै, सोही बैठकले कम्पनीको सञ्चालकमा सौरभ जेबी राणालाई नियुक्त गराएको छ । राणाले कम्पनीको आगामी साधारणसभासम्म सञ्चालकको कार्यभार सम्हाल्ने छन् । यस अघि कम्पनीको अध्यक्ष पदमा विकास जेबी राणा थिए । सोही दिन बसेको कम्पनीको बैठकले अध्यक्ष राणाको राजिनामा स्वीकृत गरेको छ । विकास राणाले विगत १४ वर्षदखि यस कम्पनीको सफल नेतृत्व गरेका थिए ।
तपाईको प्रतिक्रिया