logo

राजस्व छलीमा उन्मुत्ती दिने विवादित कर फर्छ्यौट आयोग अब गठन नहुँने

    1255   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार - करमा निकै विवादित मानिने कर फर्छ्यौट आयोग अब गठन नहुँने भएको छ । अहिलेसम्म कर फर्छ्यौट आयोग कर फर्छ्यौट आयोग ऐन, २०३३ मा टेकेर बन्ने गरेको थियो । अर्थमन्त्रीले यही ऐनमा टेकेर राजस्व छलीमा उन्मुत्ती दिनको लागि यो आयोग गठन गरेका थिए । पछिल्लो समय चाटर्ड एकाउन्टेन्स लुम्बध्वज(एलडी) महतको संयोजकत्वमा बनेको फर्छ्यौट आयोग निकै नै विवादित बनेको थियो । जसको सदस्य सचिवमा तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा थिए भने अर्का सदस्य चाटर्ड एकाउन्टेन्स उमेश ढकाल थिए । आयोगले अर्बै रुपैयाँ मिनाह गरेको थियो ।

कानून, न्याय तथा संसदीय मामलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभामा दर्ता गराएको केही नपोल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा फर्छ्यौट आयोग ऐन, २०३३ लाई खारेज गर्ने प्रस्ताव गरिएको छ । आयकर ऐन २०५८ आएपछि यसलाई खारेज गर्नुपर्ने भएपनि कानूनी रुपमा नहटेको कारण आयोग बनाउने गलत परम्परा बसेको थियो । हालका अर्थमन्त्री डा युवराज खतिवडाले यो ऐन हटाउने बताएका थिए । खतिवडाको पालामा नै यो ऐन हट्ने भएको हो ।

कर फर्छ्यौट ऐनमा टेकेर बन्ने आयोगले गरेको निर्णयमा अदालतमा प्रश्न उठाउन नपाइने प्रावधान राखिएको छ । अख्तियारले भने पछिल्लो समय गठन भएको आयोगका सबै पदाधिकारीलाई भष्ट्रचारको मुद्दा दायर गरेको छ । जुन अहिलेपनि विचाराधिन रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।