logo

पहिलो चौमासमा राजस्व संकलन सन्तोषजनक, ३ खर्ब बढी राजस्व उठ्यो

    1464   पटक पढिएको

१ पुस/अर्थ र व्यापार– अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८को चौमासिक समीक्षा विवरण अवधिमा राजस्व संकलन सन्तोषजनक देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ३ खर्ब १ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भइसकेको देखाएको छ ।

चालु आवमा सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस अवधिमा कर राजस्वतर्फ २ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ३१.१७ प्रतिशत हो ।

यस्तै, गैरकर राजस्वतर्फ १६ अर्ब ७० करोड राजस्व संकलन भएको छ । यस अवधिमा राजस्वसहित अन्य प्राप्तिसमेत गरि कुल सरकारी आम्दानी ३ खर्ब ३१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

सरकारले आयकर र भन्सार महसुलको हिस्सा लक्ष्यअनुसार नै राजश्व संकलन भएको हो । यस मंसिर महिनामा राजस्व र आम्दानी गरी कुल ६९ अर्ब रुपैयाँ संकलन भएकोे छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।