logo

भूकम्पपछिको पुनर्निर्माण: निर्माण सम्पन्न घर १ लाख ९५ हजार, ३ लाख निर्माणाधीन, निर्माण सुरु नभएको ३ लाख

    1347   पटक पढिएको

१८ आषाढ/अर्थ र व्यापार– भूकम्प गएको ३ बर्ष बढी भईसक्दा पनि पुनर्निमाणको कार्य निकै सुस्त देखीएको छ । 

यस अवधिमा करिब १ लाख ९५ हजारमात्रै घरको पुनर्निर्माण सकिएको छ । झण्डै ३ लाख घर निर्माणाधीन छन् । निजी आवासका लागि अनुदान सम्झौता गरेका कूल ७ लाख २० हजार ७ सय ४३ लाभग्राहीमध्ये ६९.४७ प्रतिशतले घर निर्माण सुरु गरेका हुन् । करिब ३ लाखले घरको निर्माण थालेका छैनन् । करिब ३० प्रतिशत पीडितले घरको पुनर्निर्माण सुरू गरेका नै छैनन् । 

हाल लाभग्राही सूचीमा ७ लाख ८८ हजार १५ पीडित छन् । यसमध्ये ६८ हजारभन्दा बढीसँग अनुदान सम्झैता हुन पनि बाँकी छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको असार १४ गतेसम्मको तथ्यांकअनुसार ५ लाख ७ सय ३६ घरको पुनर्निर्माण सुरु भएको छ । यसमध्ये १ लाख ९४ हजार ७ सय ३१ घरको पुनर्निर्माण भइसकेको छ ।

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ७३ हजार ४ सय १९ घरको पुनर्निर्माण सुरु भएको छ । त्यसैगरी, नुवाकोटमा ६४ हजार १ सय ६१, धादिङमा ५९ हजार ३ सय ९८, गोरखामा ५२ हजार ४ सय ४८, दोलखामा ५२ हजार २ सय ३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८ सय २, रामेछापमा ३८ हजार ३ सय ४२ घरको पुनर्निर्माण कार्य सुरु भएको छ ।

कम प्रभावित जिल्लामध्ये लमजुङमा सबैभन्दा धेरे ४ हजार ७ सय ४५ घरको पुनर्निर्माण सुरु भएको छ ।
४ लाख ५५ हजार ५ सय ८१ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि २ लाख ६ हजार ८ सय ९२ लाभग्राही योग्य भइसकेका छन् ।

पछिल्लो समय गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या पनि थपिएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अहिलेसम्म छुट तथा पुर्नजाँच सर्वेक्षणबाट प्राप्त बिश्लेषणबाट २० हजार ३ सय १० पुनर्निर्माण लाभग्राही थपिएका छन् । त्यसैगरी ११ हजार २ सय ९७ प्रवलीकरण लाभग्राही थपिएका छन् ।

प्राधिकरणले गत बिहिबार बिहान बसेको कार्यकारी समिति बैठकले विभिन्न ९ जिल्लाका १७ ओटा स्थानीय तहका ६ हजार २ सय ८२ पुनर्निर्माण लाभग्राही र २ हजार ८ सय ५७ जनालाई प्रवलीकरण लाभग्राहीमा थप गरेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।