८ असार / अर्थ र व्यापार - कर्मचारी सञ्चय कोषले द एसोसिएसन अफ डेभलपमेन्ट फाइनान्सिङ इन्ष्टिच्युसन्स इन एसिया एण्ड द प्यासिफिक (एडिएफआईएपी) को डेभलपमेन्ट अवार्ड २०१७ प्राप्त गरेको छ । कोषले संस्थागत सुशासन तर्फ उत्कृष्ट हुँदै उक्त अवार्ड पाएको हो ।
व्यवसायीक गतिविधीमा संस्थागत सुशासनप्रतिको उच्च प्रतिवद्धताको सम्मान गर्दै कोषलाई अवार्ड प्रदान गरेको हो । फिलिपिन्सको मनिलामा आयोजित समारोहमा कोषलाई अवार्ड विजेता घोषणा गरिएको थियो । कोषले लगातार दोस्रो वर्ष यो अवार्ड जितेको हो। ।
सन् १०७६ मा स्थापित एडिएफआईएपीमा अहिले ४५ देशका १३१ संस्था सदस्य छन् । डेभलपमेन्ट बैंक र अन्य वित्तिय संस्था एडिएफआईएपीमा आवद्ध हुन्छन् ।
तपाईको प्रतिक्रिया