१८ मंसिर/ अर्थ र व्यापार
सरकारले हालैमात्र विवादस्पद एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । युनिभर्सल पीस फेडरेशन नामक संस्थाले प्रधानमन्त्रीलाई एक लाख डलर बराबरको शुसासन अवार्ड प्रदान गरेको थियो । प्रधानमन्त्रीले तत्कालै सो रकम कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न प्रयोग गरिने बताएका थिए ।
प्रधानमन्त्रीकै चाहना अनुसार अलग्गै कोष खडा गरी थप एक लाख डलर अर्थात नेपाली करिब एक करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको कोष खडा गर्ने निर्णय भएको ती मन्त्रीले बताए । सो कोषबाट विपन्न तथा दलित युवा विद्यार्थीको हितमा काम गरिने भएको छ । यसैबीच मन्त्रिपरिषद बैठकले कर्मचारी समायोजन अध्यादेश पनि स्वीकृत गरेको छ ।
तपाईको प्रतिक्रिया