१ भाद्र / अर्थ र व्यापार – दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएको छ । संस्थानका प्रबन्ध निर्देशक गंगा तिमिल्सिनाका अनुसार आफ्ना १५ प्रतिशत उत्पादनहरुको मूल्य बढाएको हो । उनका अनुसार दूधमा बिहीबारदेखि लागू हुनेगरी प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ । नयाँ मूल्यअनुसार अब आधा लिटरको प्याकेटका लागि उपभोक्ताले ३५ रुपैयाँ तिर्नुपर्ने छ ।
बढेको मूल्यमा चार रुपैयाँ सीधै किसानलाई जाने संस्थानको दाबी छ । बाँकी दुई रुपैयाँ उद्योग सञ्चालनका लागि जाने छ । यस्तै, संस्थानले घ्यू र पनिरको मूल्य पनि प्रतिकिलो १–१ सय रुपैयाँ बढाएको छ । मिठाइको मूल्यमा पनि केही वृद्धि गरिएको छ । संस्थानको उक्त निर्णयको उपभोक्तावादीले आलोचना गरेका छन् ।
तपाईको प्रतिक्रिया