logo

डलरको भाउ दुइ वर्ष यताकै सस्तो 

    1289   पटक पढिएको

२३ साउन / अर्थ र व्यापार – डलरको भाउ दुइ वर्ष यताकै सस्तो भएको छ । प्रतिडलर विनिमय दर १ सय २ रुपैयाँमा झरेको करिब डेढ साता भइरहेकोमा भाउ थप घट्न थालेको छ ।

बैंकहरुले सोमवार डलरको खरिद १ सय १ रुपैयाँको दरमा गरिरहेका छन् भने बिक्री गर्दा ग्राहकहरुसँग १ सय २ रुपैयाँ १५ पैसा देखि १ सय २ रुपैयाँ २० पैसासम्म तिरिरहेका छन् । राष्ट्र बैंकले भने खरिदको लागि १ सय १ रुपैयाँ ४४ पैसा र बिक्रीको लागि १ सय २ रुपैयाँ ०४ पैसा तोकेको छ ।

डलरको भाउ २०७२ साल साउन ७ गते यताकै सस्तो भएको हो । सो समय राष्ट्र बैंकले डलरको भाउ (बिक्री दर) १ सय १ रुपैयाँ ९६ पैसा तोकेको थियो । २०७१ चैत दोस्रो साता भने डलर हालसम्मकै सस्तो भएर ९८ रुपैयाँमा बिक्री भइरहेको थियो ।

सोमवार भने अन्तराष्ट्रिय एक्सचेन्ज बजारमा डलरको १५ महिनाको न्युन विन्दुबाट केही माथि उक्लिएको छ । अमेरिकाको रोजगार सम्बन्धि तथ्यांक आएपछि डलर केही बलियो भएको हो । जापानको येनसँगको विनिमयमा गत साता अवमूल्यन भएको डलर केही थामिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।