१० पुस /अर्थ र व्यापार - राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमण गर्दा १ करोड २० लाख रुपैयाँ खर्च भएको छ । कतारको निमन्त्रणामा कात्तिक १२ देखि १५ गतेसम्म ४ दिने भ्रमणका क्रममा राष्ट्रपतिले भ्रमण गर्दा यो रकम खर्च भएको हो ।
अर्थ मन्त्रालयले राष्ट्रपतिको कतार भ्रमणको क्रममा भएको खर्चको भुक्तानी परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको छ । अर्थले मंसिरमा रकमान्तर गरी पैसा उपलब्ध गराएको जनाएको छ । राष्ट्रपति भण्डारी ३७ सदस्सीय नेपाली प्रतिनिधिमण्डलसहित कतार भ्रमणमा गएकी थिइन् ।
तपाईको प्रतिक्रिया