logo

आफू र राष्ट्रपति संस्थालाई बदनाम गर्न खोजिएको राष्ट्रपति विद्यादेवी भण्डारीको गुनासो

    1029   पटक पढिएको

५ पुस /अर्थ र व्यापार  - सरकारले गरेका निर्णयमा आफूलाई जोडेर तल्लोस्तरका टीकाटिप्पणी र आलोचना भइरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि व्यक्त गरेकी छन् । राष्ट्रपतिले सामाजिक जीवनका विभिन्न व्यक्तिहरुसँगको अनौपचारिक भेटमा अनावश्यकरुपमा आफू र राष्ट्रपति संस्थालाई बदनाम गर्न खोजिएको गुनासो गरेकी छन् ।

विशेष गरी सरकारले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु आउँदा समेत प्रयोग गर्न हुने गरी गाडी र कारगेड किन्न लागेकोसम्बन्धी समाचार र त्यसपछि समाजले पत्याएका र प्रतिष्ठित बुद्धिजीवीहरु समेत गालीगलौजमा उत्रिएको भन्दै राष्ट्रपतिले दुःख व्यक्त गरेको शीतलनिवास पुगेर फर्किएका एक बरिष्ठ पत्रकारले बताए ।

देशले पहिलो महिला राष्ट्रपति पाएको बेला आफूलाई महिलावादी भन्ने केही अभियन्तासमेत कुरै नबुझी चरित्र हत्यामा उत्रिएको राष्ट्रपतिले गुनासो गर्न थालेकी छिन् । राष्ट्रपतिका एक सहयोगीले भने गाडी किन्ने निर्णय अघिल्लै सरकारले गर्यो । सरकारले गरेको निर्णयमा राष्ट्रपतिलाई दाइजो दिन लागिएजस्तो गरी प्रचार भएकोमा उहाँ दुःखित हुनुहुन्छ । सरकारले औपचारिकरुपमा आफ्ना निर्णयको बचाउ गर्नेबाहेक सत्तारुढ नेकपाका नेता र सांसदहरुबाट प्रतिरक्षा नभएकोमा पनि राष्ट्रपति कार्यालयले असन्तुष्टि व्यक्त गरेको स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।