logo

काङग्रेस नेता तथा पर्यटन व्यवसायी खत्रीद्वारा गोरखाका स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण

    1131   पटक पढिएको

२७ जेठ / अर्थ र व्यापार- नेपाली काङग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी प्रेम कुमार खत्रीले गोरखाका स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । खत्रीले सम्भव नेपाल संस्थामार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
गोरखाका पाँच वटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहित ६ थान अक्सिजन सिलिण्डर, ६ सय थान एन्टिजेन्ट किट, एक हजार दुई सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, एक सय थान अक्सिमिटर र पिपिईसेट लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । 

बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको उपस्थितिमा गोरखा नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त एम्बुलेन्स सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरियो । खत्रीले उपलब्ध गराएको स्वास्थ्य सामाग्री र एम्बुलेन्स नेपाली काङग्रेसका केन्द्रीय सदस्य पाण्डेले स्थानीय तहका प्रतिनिधिहरुलाई एम्बुलेन्सको साचो र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उपस्थित स्थानिय तहका जनप्रतिनिधिहरुले एम्बुलेन्स सहित स्वास्थ्य सामाग्री उपलब्ध गराउने खत्रीको सामाजिक कार्यको प्रशंसा गरेका थिए । गोरखा निवासी खत्रीले सम्भब नेपाल मार्फत गोरखा नगरपालिकाका लागी २ वटा एम्बुलेन्स,शहिद लखन गाउपालिकाकालागी १ ,भिमसेनथापा गाउपालिकालाई १, गण्डकी गाउपालिकालाई १ र धार्चे गाउपालिकालाई १ गरि ६ वटा एम्बुलेन्स उपलब्ध गराएका हुन । उनले यस अघि समेत गोरखाका अन्य स्थानिय तहमा करिब ४० लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।