logo

काङग्रेस नेता तथा पर्यटन व्यवसायी खत्रीद्वारा गोरखाका स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण

    1228   पटक पढिएको

२७ जेठ / अर्थ र व्यापार- नेपाली काङग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी प्रेम कुमार खत्रीले गोरखाका स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । खत्रीले सम्भव नेपाल संस्थामार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
गोरखाका पाँच वटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहित ६ थान अक्सिजन सिलिण्डर, ६ सय थान एन्टिजेन्ट किट, एक हजार दुई सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, एक सय थान अक्सिमिटर र पिपिईसेट लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । 

बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको उपस्थितिमा गोरखा नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त एम्बुलेन्स सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरियो । खत्रीले उपलब्ध गराएको स्वास्थ्य सामाग्री र एम्बुलेन्स नेपाली काङग्रेसका केन्द्रीय सदस्य पाण्डेले स्थानीय तहका प्रतिनिधिहरुलाई एम्बुलेन्सको साचो र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उपस्थित स्थानिय तहका जनप्रतिनिधिहरुले एम्बुलेन्स सहित स्वास्थ्य सामाग्री उपलब्ध गराउने खत्रीको सामाजिक कार्यको प्रशंसा गरेका थिए । गोरखा निवासी खत्रीले सम्भब नेपाल मार्फत गोरखा नगरपालिकाका लागी २ वटा एम्बुलेन्स,शहिद लखन गाउपालिकाकालागी १ ,भिमसेनथापा गाउपालिकालाई १, गण्डकी गाउपालिकालाई १ र धार्चे गाउपालिकालाई १ गरि ६ वटा एम्बुलेन्स उपलब्ध गराएका हुन । उनले यस अघि समेत गोरखाका अन्य स्थानिय तहमा करिब ४० लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।