logo

प्रयास नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने हिमालय एअरलाइन्सको घोषणा

    1192   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार – आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलमार्फत अनाथ तथा विपन्न बालबालिकाको उत्थानका लागि हिमालय एअरलाइन्सले  प्रयास नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा गरेको छ । हिमालय एअरलाइन्सले २० अप्रिल २०१९ मा प्रयास नेपालसँगको संस्थागत सामाजिक उत्तरदायित्वको सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेको हो । यो निर्णयअनुसार नयाँ शैक्षिक सत्र २०७६ मा पनि प्रयास नेपालमा रहेका बालबालिकाका निम्ति शैक्षिक तथा खाजाका सामाग्रीहरु उपलब्ध गरेको जनाएको छ ।

प्रयास नेपालले अहिले ३२ जना अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । बालुवाटार स्थित आफ्नै प्रांगणमा विद्यार्थीले गरेको मनोरञ्जनात्मक प्रदर्शनलाई हिमालय एअरलायन्सका उप महाप्रन्बन्धक सुन चेङ्ग, ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीलगायतले स्वागत गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्वमार्फत हिमालय एअरलाइन्सले नयाँ पिँढीको उज्ज्वल भविष्यका निम्ति निरन्तर रुपमा राम्रा र प्रभावकारी योगदानहरु गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । प्रत्येक वर्ष आफ्नो सहयोगको प्रतिबद्धतालाई अझ मजबूत बनाउँदै आएको हिमालय एअरलाइन्सको प्रयास नेपाललाई यो तेस्रो वर्षको सहयोग हो ।

शिक्षा, सचेतना तथा सीप विकास क्रियाकलापमार्फत वञ्चित बालबालिकालाई सशक्तीकरण बनाउने सोचसहित सन् २००३ मा प्रयास नेपालको स्थापना भएको थियो । प्रयास नेपालले देशका विभिन्न भागमा रहेका अनाथ, बेवारिस छाडिएका तथा शारीरिक रुपमा अशक्त बालबालिकालाई आश्रय प्रदान गर्दै आइरहेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।