१७ जेठ /अर्थ र व्यापार - उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार भइरहेको थियो । उनी सोल्टी होटलमा संस्थापक अध्यक्ष हुन् । राणा नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर हुन् ।
राणाका एक मात्र छोरा सिद्धार्थले अहिले उनले थालेका व्यवसायहरु हेर्छन् । सोल्टी होटलसहित सिप्रदी ट्रेडिङ सूर्य नेपाल, अमरावती, भोटेकोशी लगायतका कम्पनीको स्थापनामा राणाको मुख्य भूमिका थियो ।
उनी पूर्वा राजा ज्ञानेन्द्रमा व्यवसायिक साझेदार मित्र पनि हुन् । उनले जीवनकालमा विभिन्न सम्मान र पुरस्कारहरु पाएका थिए । उनको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो ।
तपाईको प्रतिक्रिया