आषाढ १४/अर्थ र व्यापार– प्रतिनिधि सभामा आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको जवाफ दिने क्रम आज सकिँदैछ। मंगलबारदेखि सुरु भएको जवाफ दिने क्रममा अधिकांश मन्त्रालयका विभागीय मन्त्रीहरुले जवाफ दिइसकेका छन्।
अब अर्थ मन्त्रालय र मन्त्रालय कार्यालय र मातहतका निकाय शीर्षकको बजेटमा उठेका प्रश्नको जवाफ दिन बाँकी छ।
प्रधानमन्त्री कार्यालयको बजेट शीर्षकमा प्रधानमन्त्री स्वयंय वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले जवाफ दिने परम्परा छ। बुधबार १२ विभागीय मन्त्रीले बजेटमा उठेका विषयमा जवाफ दिएका थिए।
प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा जवाफ दिनेक्रम सकिएपछि विधेयक पारितको प्रक्रियामा जानेछ। प्रतिनिधिसभाले विधेयक पारित गरेपछि विधेयक राष्ट्रियसभामा पेस हुनेछ। दुबै सदनबाट विधेयक पारित हुने नियमावलीमा व्यवस्था छ।
तपाईको प्रतिक्रिया