logo

इक्यानको अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत निर्वा्चित

    1691   पटक पढिएको

२७ पुष / अर्थ र व्यापार - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन्। आइतबार बिहान सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
वर्तमान कार्यसमितीको कार्यकाल वैशाखसम्म भए पनि अहिले अधिवेशन भएको हो। पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। उनी यसअघि २०७२ फागुनदेखि २०७४ चैतसम्म अध्यक्ष थिए।

महासचिवमा दीपकराज भुसाल चयन भएका छन्। भुसाल हालको कार्यसमिती सदस्य हुन्।
उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्णहरि केसी चयन भएका छन्। यस्तै सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ चयन भएका छन्।

यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ चयन भएका छन्।
सदस्यहरुमा सुष्मा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी निर्वा्चित भएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।